एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर बिक्री खुला, साउन १३ गतेसम्म आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर बिक्री खुला, साउन १३ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आफ्नो ४२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १०ः४.२ अनुपातमा हकप्रद शेयर जारी गर्दैछ।

यस योजनाअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयरमा आवेदन दिन कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरु हकप्रद शेयरमा आवेदन दिन योग्य छन्।

हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति साउन १३ गते सम्म तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्