पौडेलको पहिलो मौद्रिक नीति आजै, सुस्त अर्थतन्त्रमा ऊर्जा भर्ने तयारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी पूरा भइकसेकाे छ भने बैंकले आज केहिबेरमा सञ्चालक समिति (बोर्ड) बैठक बोलाएको छ । बैठकबाट स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने हुने राष्ट बैंक स्राेतले जनाएकाे छ ।
गभर्नर डा. विश्वनाथ पौडेलको नेतृत्वमा तयार गरिएको पहिलो मौद्रिक नीति खुकुलो हुने संकेत स्रोतले दिएको छ। राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो।
अहिलेको सुस्त अर्थतन्त्र, कर्जा मागको कमी, तथा वित्तीय प्रणालीमा भएको तरलता दृष्टिगत गर्दै नीति निर्माण गरिएको बताइएको छ।
कर्जा पुनर्तालिकीकरण र एसेट म्यानेजमेन्ट कम्पनीको व्यवस्था, कार्यशील पूँजीमा सहुलियत र लघुवित्त ऋणीलाई सहुलियतपूर्ण कर्जा, व्यक्तिगत घरकर्जा सीमा र धितो मूल्याङ्कन हेरफेर, रियल इस्टेट कर्जाको लोन-भ्यालु रेसियो बढाउने, सेयर लगानीमा अवधि सम्बन्धी खुकुलोपन, नीतिगत दर घटाउने जस्ता नीतिगत व्यवस्था गरीने नीजि क्षेत्रकाे अपेक्षा छ ।













