१२ श्रावण २०८३, मंगलबार

मौद्रिक नीति सार्वजनिकः राष्ट्र बैंकले घटायो बैंकदर र निक्षेप संकलन दर



काठमाडाैं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोलको माथिल्लो सिमाको रुपमा रहेको बैंकदर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशमा सिमित राखेको छ ।

आगामी आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्व पौडेलले यस्ताे बताएका हुन् ।

यस्तै उनले ब्याजदर करिडोलको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाइ २.४५ प्रतिशत निर्धारण गरिएको जानकारी दिए ।

यस्तै नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाइ ४.५ प्रतिशत कायम गरीएकाे छ भने बैंकदर स्थायी तरलता प्रदान हुने वद्यमान व्यवस्थालाई निरन्तरता दिइएकाे छ ।