घर किन्न अब बैंकले तीन करोडसम्म ऋण दिने, कर्जा मूल्य अनुपात ८० प्रतिशत - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

घर किन्न अब बैंकले तीन करोडसम्म ऋण दिने, कर्जा मूल्य अनुपात ८० प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट पाइने ऋणको सीमा बढाएको छ । अबदेखि यस्ता प्रकारका घर निर्माण तथा खरिदमा बैंकहरुबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने भएको छ । तर, अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाइने पौडेलले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्