नेपाल एसबिआई बैंकको ७ प्रतिशत ऋणपत्र आजदेखि बिक्री खुला, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेपाल एसबिआई बैंकको ७ प्रतिशत ऋणपत्र आजदेखि बिक्री खुला, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि आफ्नो नयाँ ऋणपत्र ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को निष्काशन तथा बिक्री प्रक्रिया सुरु गरेको छ।

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधि हुने उक्त ऋणपत्र सार्वजनिक रूपमा निष्काशन गर्दैछ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँ अंकित दरमा जम्मा ३० लाख कित्ता, अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। यसमध्ये ६० प्रतिशत ९१ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता० निजी रूपमा बाँडफाँट गरिनेछ।

भने ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता) सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता ऋणपत्रका लागि आवेदन दिनुपर्नेछ भने इच्छुक भएमा अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा साउन १ गते बन्द हुन सक्नेछ भने ढिलोमा साउन १२ गते सम्म खुला रहनेछ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्रीको व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले गर्नेछ।


प्रतिक्रिया दिनुहोस्