८ श्रावण २०८३, शुक्रबार

स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयनमा ल्याउने जनाएको छ।

हाल धितोपत्र दोस्रो बजारमा कम्पनीका १ करोड ६५ लाख ६६ हजार २५० कित्ता शेयर सूचीकृत छन्। अबदेखि यी सम्पूर्ण शेयरको व्यवस्थापन जिम्मा एनआइएमबि एस क्यापिटलले लिनेछ।

कम्पनीले नेप्सेमार्फत शेयरधनीहरूलाई उक्त रजिष्ट्रार नियुक्ति सम्बन्धी जानकारी गराइसकेको छ।


प्रतिक्रिया दिनुहोस्