९ कार्तिक २०८३, सोमबार

स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयनमा ल्याउने जनाएको छ।

हाल धितोपत्र दोस्रो बजारमा कम्पनीका १ करोड ६५ लाख ६६ हजार २५० कित्ता शेयर सूचीकृत छन्। अबदेखि यी सम्पूर्ण शेयरको व्यवस्थापन जिम्मा एनआइएमबि एस क्यापिटलले लिनेछ।

कम्पनीले नेप्सेमार्फत शेयरधनीहरूलाई उक्त रजिष्ट्रार नियुक्ति सम्बन्धी जानकारी गराइसकेको छ।