शाइन रेसुङ्गा बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्री खुला
काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र “शाइन रेसुङ्गा डिबेञ्चर” सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुला गरेको छ।
वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको कुल मूल्य १ अर्ब रुपैयाँ बराबर छ।
बैंकले प्रतिकित्ता १,००० रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। त्यसमा ६० लाख कित्ता ९६० करोड रुपैयाँ बराबर० व्यक्तिगत तवरबाट र बाँकी ४० लाख कित्ता ९४० करोड रुपैयाँ बराबर० सर्वसाधारणलाई निष्काशन गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको हिस्सा मध्ये ५ प्रतिशत ९२० हजार कित्ता० सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ।
यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा साउन ४ गते सकिनेछ, तर सो अवधिमा पर्याप्त आवेदन नआएमा साउन १४ गतेसम्म लम्बिन सक्छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबीएस क्यापिटल लिमिटेड रहेको छ।













