नेपाल एसबिआई बैंकद्वारा जारी ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

नेपाल एसबिआई बैंकद्वारा जारी ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन आज साउन १ गते अन्तिम दिन हो।

बैंकले १० वर्ष अवधिको, वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ सार्वजनिक निष्काशनमार्फत ल्याएको हो।

बैंकले कुल ३० लाख कित्ता ऋणपत्र, जसको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ, निष्काशन गरेको छ। यसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर हुन्छ।

यस मध्ये, ६० प्रतिशत अर्थात १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणमा निष्काशन गरिएको हो।

सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि आरक्षित गरिएको छ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ, भने अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ।

उक्त ऋणपत्रको निष्काशन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको छ।


प्रतिक्रिया दिनुहोस्