नयाँ आर्थिक वर्षको पहिलो दिन सुन प्रतितोला ३०० र चाँदी ५ रुपैयाँ बढ्यो
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा बिहीबार बढेर तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।













