पृथ्वी राजमार्गको मझिमटार खण्ड आज दिउँसाे तीन घण्टा बन्द हुने
काठमाडौं। धादिङको बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटारस्थित पृथ्वी राजमार्गमा आज (सोमबार) तीन घण्टाका लागि यातायात सेवा प्रभावित हुने भएको छ।
आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिका कारण बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त खण्डमा सम्पूर्ण सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।
सडक निर्माणको काम जारी रहँदा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। साथै, यात्रा व्यवस्थापनलाई सहज बनाउन चालक तथा यात्रुहरूलाई ट्राफिक नियम र सडक अनुशासन कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ।















