साउन ११ गतेसम्म थपियो तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साउन ११ गतेसम्म थपियो तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने समय



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ। अब लगानीकर्ताहरूले साउन ११ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम प्रत्येक १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर, कुल ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो।

यस हकप्रद निष्काशनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। त्यसअन्तर्गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्