अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्दै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन
काठमाडाैं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित हकप्रद शेयरहरू लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले १ः१ अनुपातमा जारी गरेको हकप्रद शेयरमा आवेदन नपरेका बाँकी शेयरहरू लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
कम्पनीले लकइनमा नपर्ने सर्वसाधारण समूहका ५ लाख ६४ हजार १० कित्ता र लकइनमा पर्ने १ लाख ४० हजार १०१ कित्ता, गरी कुल ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामीमा राख्नेछ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरेर बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्यामा आवेदन दिन कुनै सीमा तोकिएको छैन।
यी शेयरहरूको खरिदका लागि इच्छुक लगानीकर्ताले साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
यस लिलामीको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ।













