नेपाल इन्स्योरेन्सको साढे ६५ लाख कित्ता हकप्रद शेयर आजदेखि बिक्री खुला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल इन्स्योरेन्सको साढे ६५ लाख कित्ता हकप्रद शेयर आजदेखि बिक्री खुला



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले हालको चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबर हकप्रद शेयर जारी गर्न लागेको हो, जसअनुसार हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता शेयर प्रदान गरिनेछ।

यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता, अर्थात् ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो, जसअनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन ए–माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

यसकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्