सर्वसाधारणका लागि साउन १५ गतेदेखि आईपीओ निष्काशन गर्दै दरमखोला हाइड्रो इनर्जी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सर्वसाधारणका लागि साउन १५ गतेदेखि आईपीओ निष्काशन गर्दै दरमखोला हाइड्रो इनर्जी



काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्काशन गरिसकेको छ। उक्त निष्काशनको बाँडफाँट पस्चात कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।

कम्पनीलाई १ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको जारी पूँजीको ३८.३३ प्रतिशत हिस्सा अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो।

जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा, सर्वसाधारण लगानीकर्ताका लागि प्रतिशेयर १०० रुपैयाँ दरमा २४ लाख २३ हजार १८५ कित्ता शेयर ९कुल २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबर० निष्काशन गर्न लागिएको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन साउन १९ गतेमै बन्द हुन सक्नेछ भने आवेदन नआएमा साउन २९ गतेसम्म खुला रहनेछ।


प्रतिक्रिया दिनुहोस्