पोखरा फाइनान्स पाँचौं पटक कारबाहीमा, राष्ट्र बैंकले लगायो ३२ लाख ७७ हजार जरिवना
काठमाडौं । पोखरा फाइनान्स कम्पनी लिमिटेड नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ ।
नियामकीय निर्देशन उल्लघंन गरेपछि फाइनान्सलाई राष्ट्र बैंकले साढे ३२ लाख रुपैयाँ जरिवाना लगाएको छ ।
फाइनान्सले गत माघ २७ गतेदेखि चैत २३ गतेसम्मको अवधिका लागि न्युनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम ३२ लाख ७७ हजार ६७६.३५ रुपैयाँ जरिवना गरेको हो ।
गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासमा फानान्स पाँचौं पटक कारबाहीमा परेको हो ।
















