शाइन रेसुंगा डेभलपमेन्ट बैंककाे १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बाँडफाँट
काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले जारी गरेको ‘८ प्रतिशत शाइन रेसुंगा विकास बैंक डिबेन्चर २०९२’ को बाँडफाँट गरेको छ।
बैंकले कुल १० लाख इकाइ डिबेन्चर प्रति इकाइ रू १,००० अंकित मूल्यमा, कुल रू १ अर्ब बराबरको ऋणपत्र (डिबेन्चर) जारी गरेको थियो। जसमा ४० प्रतिशत (४ लाख इकाइ) सर्वसाधारणका लागि खुला गरिएको थियो भने बाँकी ६० प्रतिशत (६ लाख इकाइ) निजी संस्थागत लगानीकर्ताहरूका लागि सुरक्षित गरिएको थियो।
सर्वसाधारणको लागि खुला डिबेन्चर निष्कासन २०८२ साल असार ३२ गतेदेखि श्रावण ४ गतेसम्म खुला भएको थियो। यो अवधिमा डिबेन्चरमा ५.९५ गुणा ओभर सब्सक्रिप्सन प्राप्त भएको छ, जुन शाइन रेसुंगा विकास बैंकप्रति लगानीकर्ताहरूको विश्वास र भरोसाको प्रमाण हो।
हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरु द्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको र जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको बैंकले जनाएको छ।
यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पूँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दा र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पूनः दोहोर्याएको छ ।
यो क्रमिक रूपमा पूँजी बजारप्रति बढ्दो जनचासो, वित्तीय सचेतना, र दीर्घकालीन लगानीप्रतिको आकर्षणको संकेत हो। शाइन रेसुंगाको यस डिबेन्चर निष्कासनमा पनि व्यापक सहभागिताले यो प्रवृत्तिलाई थप पुष्टि गरेको छ।
बाँडफाँट सम्पन्न भएसँगै योग्य आवेदकहरूको डिम्याट खातामा छिट्टै डिबेन्चर इकाइहरू जम्मा गरिनेछ।
शाइन रेसुंगा विकास बैंकले यस ऐतिहासिक सफलतामा सबै लगानीकर्ता, आवेदक, तथा सरोकारवालाहरूलाई धन्यवाद प्रकट गर्दै डिबेन्चर निष्कासनसँगै, शाइन रेसुंगा विकास बैंकले आफ्नो पूँजी संरचना अझ मजबुत बनाउने र देशभर ग्राहकहरूलाई आधुनिक, भरपर्दो तथा नवप्रवर्तनयुक्त वित्तीय सेवा प्रदान गर्ने लक्ष्य अघि सारेको जनाएकाे छ।













