छुट्ला है स्वस्तिक लघुवित्तकाे आईपीओ, आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छुट्ला है स्वस्तिक लघुवित्तकाे आईपीओ, आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे ।

असार २७ गतेदेखि लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्