वैदेशिक रोजगारमा रहेका नेपालीहरुले बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडाैं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्