पिपुल्स पावरकाे ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थपियाे
काठमाडाैं । पिपुल्स पावर लिमिटेडले बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएकाे छ ।
कम्पनीले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ५० प्रतिशत हकप्रद शेयरमा अब साउन २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाउकाे छ ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।













