तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडाैं । असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडकाे शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (साउन ११ गते) अन्तिम दिन हाे।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।













