सनराइज ब्लुचिप फन्डले १९ प्रतिशत लाभांश दिने
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज ब्लुचिप फन्डले लाभांश घोषणा गरेको छ ।
फन्डले योजनाको इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।
लक्ष्मी सनराइज बैंकद्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको छ । साउन १२ गते सोमबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।













