१ कार्तिक २०८३, आइतबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तानको अवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा भाग लिन जाने भएका छन् ।

त्यसअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ । मन्त्रीहरू बैठकका लागि बालुवाटार पुगिसकेका छन् भने प्रधानमन्त्री ओली पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।

सम्मेलन साउन २० देखि २३ गतेसम्म हुनेछ र प्रधानमन्त्री ओली साउन २३ गते राति स्वदेश फर्कने छन्।