तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने



काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनपछिको बाँकी शेयर (अवितरित) लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १स्१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेका ४ लाख १८ हजार ७३८ कित्ता शेयर अब लिलामी मार्फत बिक्री गरिनेछ।

लिलामीमा भाग लिन इच्छुक लगानीकर्ताले साउन २७ गतेदेखि भदौ ३ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। प्रत्येक शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, तर बोलपत्रमा लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी अंकित गर्नुपर्नेछ। आवेदन दिने न्यूनतम संख्या १०० कित्ता तोकिएको छ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन।

यस लिलामीको बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङसँगै नबिल बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा पेश गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्