एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन हो।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता (१०ः ४.२ अनुपातमा) हकप्रद शेयर निष्काशन गरेको हो।

यस अन्तर्गत कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरका, प्रतिकित्ता १०० रुपैयाँ दरका, कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

यो हकप्रद शेयरका लागि पात्र शेयरधनी तय गर्न कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता गराएका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।


प्रतिक्रिया दिनुहोस्