कुलिङ पिरियडको टकराव, छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० मा देखिएको त्रुटिको छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिएको छ ।
समितिका सभापति जीवन परियारले प्रतिवेदन आज सदनमा प्रस्तुत गरेका हुन् ।
गत असार २३ गते गठन भएको सात सदस्यीय समितिले विधेयकको दफा ८२ मा उल्लेख गरिएको दुई वर्षको कुलिङ अफ पिरियडसँग सम्बन्धित तादम्यता नहुनुका कारण पत्ता लगाउने, दोषीको पहिचान गरी आवश्यक कारबाही सिफारिस गर्ने र भविष्यमा यस्ता त्रुटि ननदोहोर्याउन सुझाव दिनेजस्ता जिम्मेवारी पाएको थियो ।
समितिले ३७ वटा बैठक गर्दै विभिन्न सरोकारवालासँग छलफल गरेको थियो । सुरुमा २१ दिनको कार्यादेश दिइएको समितिलाई पछि थप सात दिनको समय दिइए पनि म्याद सकिएपछि पनि निरन्तरतामा काम गरेर अन्ततः प्रतिवेदन पेश गरेको हो ।
परियारले संविधान जारी भएलगत्तै विधेयक आउनुपर्ने भए पनि ढिलो गरी २०८० सालमा मात्र संसद्मा पेश भएको र राजनीतिक सहमतिअनुसार कुलिङ अफ पिरियड राखिएको बताए । विधेयक अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको प्रक्रियामा रहेको छ ।
हेर्नुहोस्, यस्तो छ प्रतिवेदनको पूर्णपाठ















