म्याक्ससको मिफा ७ मा विशेष छुटसहित आजदेखि बिक्री सुरु
काठमाडाैं । आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी प्रदर्शनीमा म्याक्सस मिफा ७ बहुउपयोगी सवारी साधन (एमपीभी) विद्युतीय कार सार्वजनिक गरिएको छ।
चीनको प्रख्यात एसएआइसी मोटर समूह अन्तर्गतको म्याक्सस ब्रान्डको यो सवारी अत्यन्त सुविधायुक्त उच्च गुणस्तरको गाडीमा गनिन्छ। केही समयअघि यही म्याक्सस ब्रान्डकै ईटेरन ९ विद्युतीय लक्जरी चार-पाङ्ग्रे सवारीसाधन सहितको डबल क्याब पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लोकार्पण गरिएको थियो।
सात सिट क्षमताको यो लक्जरी बहुउपयोगी सवारीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो। हिमालयन मोट्रक्स हिमालय संगठन अन्तर्गतको कम्पनी हो जुन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ।
यो मिफा ७ नेपालमा उच्च गुणस्तरको कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ। साथै यो अटो प्रदर्शनी भरि मिफा७ बुक गर्ने ग्राहकहरूलाई १० लाख रुपैयाँ र ईटेरन ९ पिकअप बुक गर्नेहरूलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू रहेको कुरा यस संगठनका प्रबन्ध निर्देशक सौरव थापाले बताए।
सात सिट मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ र ईटेरन ९ डबल क्याब विद्युतीय पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले छिटो विद्युत चार्जर समर्थन गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस बहुउपयोगी सवारीमा विद्युत स्लाइडिङ ढोका, स्वचालित आपतकालीन ब्रेकिङ प्रणाली, अन्धकार क्षेत्र निगरानी, ३६० डिग्री क्यामेरा, लेन कीप सहायता, अडटिभ क्रुज नियन्त्रण जस्ता सुरक्षा विशेषताहरू रहेका छन्।
साथै यो गाडीले युरोपेली सवारी सुरक्षा परीक्षण संस्था ९युरो एनसीएपी, सी(एनसीएपी, ए(एनसीएपी० मा पाँच तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ।
यस गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किलोमिटर सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ। प्रिमियम दुईवटा १२।३ इन्च डिजिटल प्रदर्शनसहितको उन्नत बहु-सञ्चार प्रणाली, ठूलो आकारको प्यानोरामिक छत ९सनरूफ०, उच्च क्षमता भएको १८० किलोवाट विद्युतीय मोटर (३५० न्यूटन मिटर टर्क), मसाज गर्ने सीट लगायत यस गाडीका विशेषताहरू हुन्।
८ वर्ष वा दुई लाख किलोमिटर ब्याट्रीमा तथा ५ वर्ष वा एक लाख किलोमिटर मोटरमा वारेन्टी रहेको यो म्याक्सस मिफा ७ विद्युतीय बहुउपयोगी सवारीले लक्जरी र आरामको नयाँ मापदण्ड स्थापित गर्दै विश्वस्तरीय डिजाइन र उच्च प्रविधिका विशेषताहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ।












