मिथिला लघुवित्तकाे नाफा ७७ प्रतिशत बढ्याे, कति छ प्रतिशेयर आम्दानी ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मिथिला लघुवित्तकाे नाफा ७७ प्रतिशत बढ्याे, कति छ प्रतिशेयर आम्दानी ?



काठमाडाैं । गत आर्थिक वर्ष २०८१/८२ मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नाफा उल्लेख्य बढेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशत बढेकाे हाे ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशत बढेर २० कराेड ९१ लाख पुगेकाे छ भने अन्य सञ्चालन आम्दानी ३४.९१ प्रतिशत बढेर ५ कराेड ४८ लाख पुगेकाे छ ।

त्यस्तै यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४०.३६ प्रतिशत बढेर २६ कराेड ३९ लाख र सञ्चालन मुनाफा १०७.६८ प्रतिशत बढेर १२ कराेड ३३ लाख रूपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ३२ पैसा बढेर ३७ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।

२२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ सापटी तथा १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्