उच्च बिन्दुबाट तोलामा २०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार नेपाली बजारमा नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्य आइतबार सामान्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा २०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रूपैयाँ तोकिएको छ। शुक्रबार सुनकाे मूल्य तोलामा ९०० रूपैयाँ बढेर १ लाख ९९ हजार ४०० रूपैयाँ कायम भएकाे थियाे ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको २ हजार ३३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३२५ रुपैयाँ रहेको थियो ।













