पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम माैका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज, साउन २६ गते, अन्तिम दिन हो।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। त्यसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो।

यो हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

हाल ६३ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्