हिमालयन बैंकको २२ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंकको २२ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक



काठमाडौं । हिमालयन बैंकको नाफा २२ प्रतिशत वृद्धि भएको छ । बैंकले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा भने २२.१५ प्रतिशत धेरै हो । बैंकले अघिल्लो आवमा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा बढेपनि बैंकको खुद ब्याज आम्दानी भने ९.९९ प्रतिशत घटेको छ । योसँगै गत आवमा बैंकले १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँ ब्याज उठाएको छ । यता, संचालन नाफा भने ८८.४१ प्रतिशत बढाएर ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज पनि ५ अर्ब २६ करोडबाट घटेर १ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।

बैंकको वितरणयोग्य नाफा भने ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक छ । यो वर्ष पनि बैंक्को लाभांश क्षमता ३२.७९ प्रतिशत ऋणात्मक छ । अघिल्लो आवमा पनि बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा थियो ।

गत आवमा बैंकको खराब कर्जा पनि व्यापाक मात्रामा बढेको छ । अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको यस्तो कर्जा अनुपात गत आवमा आइपुग्दा भने ७.२८ प्रतिशत पुगेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी भने बढेर ६.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १६ अर्ब २५ करोड ८४ लाख रुपैयाँ राखेको छ ।

बैंकको निक्षेप पनि एक वर्षमा ५.१९ प्रतिशत मात्रै बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी भने सुस्त देखिएको छ । अघिल्लो आवको तुलनामा बैंकको कर्जा प्रवाह १.१४ प्रतिशत मात्र बढेर २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्