चिलिमे हाइड्रोपावरले बेच्यो सवा अर्बको बिजुली, कमायो झन्डै ६८ करोड नाफा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चिलिमे हाइड्रोपावरले बेच्यो सवा अर्बको बिजुली, कमायो झन्डै ६८ करोड नाफा



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले झन्डै ६८ करोड नाफा कमाएको छ । कम्पनीले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, अघिल्लो आवको तुलनामा भने यो सामान्य ०.१६ प्रतिशत मात्रै बढी हो । अघिल्ला आवमा पनि कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको संचालन नाफा भने ३.६१ प्रतिशत बढेर ७१ करोड रुपैयाँ कायम भएको छ ।

गत आवमा कम्पनीले १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । यद्यपि, अघिल्लो आवको तुलनामा ०.८१ प्रतिशत मात्रै बढी आम्दानी बिद्युत बिक्रीबाट गरेको देखिन्छ । कम्पनीको वित्तीय आम्दानी भने १६.७० प्रतिशत घटेर १३ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७.७४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.५९ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्