आइपिओ निष्काशन गर्दै एशियन थाई फुड्स, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर
काठमाडाैं । एशियन थाई फुड्स लिमिटेड तथा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडबीच साधारण शेयर (आइपिओ) निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरिएको छ ।
यस सम्झौताले एशियन थाई फुड्स लिमिटेडलाई नयाँ व्यवसायिक यात्रा तथा कम्पनीको विस्तारमा थप सहयोग पुग्ने कम्पनीले जनाएकाे छ ।
सम्झाैता पत्रमा एशियन थाई फुड्सको तर्फबाट शिवरतन शारडा (अध्यक्ष), महेश जाजु (प्रबन्ध निर्देशक), राधेश्याम शारडा (कार्यकारी सञ्चालक) र आशीष जाजु (सञ्चालक) र हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायव महाप्रबन्धक शंकर राजबाहकको प्रतिनिधित्व हस्ताक्षर सम्पन्न भयाे ।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था रही मर्चेन्ट तथा इन्भेष्टमेन्ट्स बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
फस्ट-मुभिङ कस्टमर गुड्स (एफएमसीजी) पोडक्टस अन्तर्गत चाउचाउ तथा स्न्याक्स अग्रणी उत्पादक तथा निर्यातकर्ताले हाल ३० भन्दा बढी देशहरुमा निर्यात तथा बिक्री बिस्तार गरेको छ ।
एशियन थाई फुड्सका प्रमुख उत्पादनहरु रमपम, टुपीएम र प्रिति मार्फत विश्वभरका उपभोतmा माझ गुणस्तर तथा स्वादको रुपमा परिचित छ ।













