७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो



काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर घट्ने क्रम जारी छ । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य ताेलामा १०० रूपैयाँले घटेकाे छ ।

यसअघि सुनकाे मूल्य आइतबार ताेलामा २०० रूपैयाँ, साेमबार ११०० रूपैयाँ र मंगलबार १३०० रुपैयाँले घटेको थियाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रूपैयाँ कायम भएको थियो ।

यता आज चाँदीको मूल्य भने ताेलामा २० रूपैयाँले बढेकाे छ । हिजो प्रतितोला २ हजार ३०५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२५ रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्