दोहोरो अंकले खुम्चियो सलिकोको नाफा, इपिएस पनि घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दोहोरो अंकले खुम्चियो सलिकोको नाफा, इपिएस पनि घट्यो



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफा दोहोरो अंकमा घटेको छ ।

कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरवणले यस्तो देखाएको हो ।

कम्पनीले गत आवमा ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो अघिल्ले आवको तुलनामा १२.५३ प्रतिशत कमी हो । अघिल्लो आवमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको व्यापार बढेपनि खुद नाफा भने खुम्चिएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन २२.८६ प्रतिशत बढेर २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा यस्तो बीमा शुलक १ अर्ब ७२ करोड २ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको खुद दावी भुक्तानी ३०.१७ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।

यता, कम्पनीको कुल आम्दानी १२.५० प्रतिशत बढेर ३ अर्ब ११ करोड ८८ लाख रुपैयाँ कायम भएको छ । खर्च पनि १७.४७ प्रतिशत बढेर २ अर्ब ५४ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि २.२० रुपैयाँ घटेर १५.३७ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ २३९.१२ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा पनि २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ छ । यस्तै, महाविपत्ति कोषमा २२ कारेड ९३ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्