२६ भदौ २०८३, शुक्रबार

सेबोन सञ्चालकमा ढकाल, लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिनिधिका रूपमा उपाध्यक्ष हेमराज ढकाललाई नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा पठाएको छ ।

केही दिनअघि नै महासंघले ढकाललाई सेबोनमा सञ्चालकका रूपमा पठाउने निर्णय गरेको थिया । तर, ढकाल बाहिर रहेका कारण बुधबार (साउन २७ गते) मात्रै नियुक्त भएका हुन् । ढकाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन्।

नवनियुक्त सञ्चालक ढकाललाई बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

यसअघि महासंघबाट महानिर्देशक गोकर्णराज अवस्थि सेबोनको सञ्चालक थिए । केही समयअघि महासंघले उनलाई फिर्ता बोलाएपछि उक्त पद रिक्त थियो ।