नेपाल एसबिआई बैंकले यो वर्ष ११.२९ प्रतिशत लाभांश बाँड्न सक्ने, कति कमायो नाफा ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल एसबिआई बैंकले यो वर्ष ११.२९ प्रतिशत लाभांश बाँड्न सक्ने, कति कमायो नाफा ?



काठमाडौं । नेपाल एसबिआई बैंकले झन्डै २ अर्ब नाफा कमाएको छ । बैंकले बिहीवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा अघिल्लो आवको तुलनामा ९.८६ प्रतिशत कमी हो । अघिल्लो आवमा बैंकको खुद नाफा १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी भने ३.७२ प्रतिशत बढेर ५ अर्ब २६ करोड २३ लाख रुपैयाँ कायम भएको छ । बैंकको नेट फि तथा कमिसन आम्दानी ७.५५ प्रतिशत बढेर १ अर्ब २१ करोड ६१ लाख कायम भएको छ ।

बैंकको संचालन नाफा पनि ३.६२ प्रतिशत घटेर २ अर्ब ७३ करोड ३७ लाख कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने बढेर १ अर्ब २ कोड ८५ लाख कायम भएको छ । जसका कारण खुद नाफा घट्न पुगेको हो ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २३ करोड ३ लाख रुपैयाँ छ । यसका आधारमा बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ११.२९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी १६.५४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख छ । जगेडा तथा कोषमा भने ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ राखेको छ ।

गत आवमा बैंकको खराब कर्जा भने १.३५ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ ।

बैंकको निक्षेप पनि १३.७२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि ७.१३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्