दोहोरो अंकमा बढ्यो सानिमा जिआइसीको नाफा, एकै वर्ष कमायो ३५ करोड
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीले ३५ करोड ३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशत धेरै हो । अघिल्लो आवमा पनि कम्पनीले ३१ करोड ८१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ८.९९ प्रतिशत वृद्धि भई ७८ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा पनि कम्पनीको यस्तो बीमा शुल्क ७२ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
गत आवमा कम्पनीको कमिसन बापतको आम्दानी ३९करोड ३५ लाख रुपैयाँ छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १७ करोड १ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी पनि २.७१ प्रतिशत बढेर १ अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । यता, कुल खर्च भने २.०५ प्रतिशत घटेर ९७ करोड ६३ लाख १७ हजार रुपैयाँमा झरेको छ ।
कम्पनीको खुद दावी भुक्तानी ३८ करोड ७० लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रपैयाँ छ ।
कम्पनी विशेष जगेडा कोषमा ७५ करोड ९८ लाख र महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६.३० रुपैयाँ रहेको छ । यता, प्रतिसेयर नेटवर्थ १५२.१२ रुपैयाँ छ ।













