३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्दै लक्ष्मी सनराइज बैंक



काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले ‘७५ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झाैता गरेकाे छ।

माछापुच्छ्रे क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका साथै डिबेञ्चर ट्रष्टीको सेवा पनि प्रदान गर्नेछ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र प्रत्येकको अंकित मूल्य १,००० रुपैयाँका दरले जारी गर्न लागेको हो ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र लक्ष्मी सनराइज बैंकका प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालले हस्ताक्षर गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्