एनआइएमबिको चमत्कार: नाफा ६ अर्ब ७५ करोड बढी, व्यवसाय विस्तारमा एग्रेशिभ, वित्तीय प्रगति कस्तो ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उच्च दरमा नाफा बढाएको छ । बैंकले एकै वर्ष साढे ६ अर्ब बढी नाफा कमाएको छ ।
बैंकले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकले गत आवमा ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने ६४.४३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष पनि बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खु नाफा कमाएको थियो ।
बैंकले १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बढी ब्याज उठाएको छ । यद्यपि, अघिल्लो वर्ष भने १५ अर्ब ११ करोड माथि ब्याज आम्दानी गरेको थियो । यता, संचालन नाफा भने १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ माथि छ । यो अघिल्लो वर्षको तुलनामा ५८.६६ प्रतिशत धेरै हो ।
बैंकको वितरणयोग्य नाफा पनि धनात्मक छ । अघिल्लो वर्ष ५ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको वितरयोग्य नाफा गत वर्ष भने ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । यसका आधारमा यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई १.३३ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ ।
व्यसायमा बैंक निकै आक्रामक देखिएको छ । बैंकको निक्षेप १७ प्रतिशत वृद्धि भएको छ । कर्जा लगानी पनि १८ प्रतिशत बढेको देखिन्छ । गत असार मसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप संकलन ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी भने ३ खर्ब २६ अर्ब ९३ करोड माथि छ ।
हाल बैंकसँग ५.८५ प्रतिशत खराब कर्जा छ । जबकि, अघिल्लो वर्षमा यस्तो कर्जा ४.९१ प्रतिशत थियो ।
हाल बैंकको प्रतिसेयर आम्दनी १९.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने ३२ अर्ब ७४ करो १२ लाख रुपैयाँ राखेको छ ।













