बैंकहरुले निर्धारण गरे आजदेखि नयाँ ब्याजदरः अब कुन बैंकमा बचत गर्दा पाइन्छ बढी ब्याज ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकहरुले निर्धारण गरे आजदेखि नयाँ ब्याजदरः अब कुन बैंकमा बचत गर्दा पाइन्छ बढी ब्याज ?



काठमाडौं । वाणिज्य बैंकहरुले आज अर्थात् भदौ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर लागू गरेका छन् ।

भदौ महिनामा पनि बैंकहरुले मुद्दति निक्षेपको औसत ब्याजदर ५.५७ प्रतिशत कायम गरेका छन् । जबकि, साउन महिनामा पनि यस्तो ब्याजदर ५.६९ प्रतिशत बिन्दुमा रहेको थियो । तया, संस्थागत तर्फ पनि औसत ब्याजदर घटेर ३.९६ प्रतिशत कायम भएको छ । साउनमा यस्तो ब्याजदर ४.११ प्रतिशत रहेको थियो ।

भदौ महिनाका लागि प्रभू बैंकको ब्याजदर बढेको देखिन्छ । तर, आठ वटा बैंकहरुले भने साउनको तुलनामा घटाएका छन् । ११ वटा बैंकले भने साउनकै ब्याजरलाई निरन्तता दिएका छन् ।

गत साउनमा प्रभू बैंकले व्यक्तिगतमा ४.२५ प्रतिशत ब्याज दिएको छ । तर, भदौमा भने बढाएर ५.३५ प्रतिशत दिने भएको छ । बैंकले संस्थागत तर्फ भने ३.२५ प्रतिशत नै ब्याज प्रदान गर्ने भएको हो ।

भदौ महिनाका लागि एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.७५ प्रतिशत ब्याज दिने भएको छ । जबकि, साउनमा भने क्रमशः ६.२५ प्रतिशत र ५.२५ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

यस्तै, सानिमाले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ३.७५ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ ५.२१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत, सिद्धार्थले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत र संस्थागत तर्फ ५ प्रतिशत र ४ प्रतिशत ब्याज दिने भएका छन् ।

यता, कृषि विकास बैंकले व्यक्तिगतमा ५.२ प्रतिशत र संस्थागतमा २.८५ प्रतिशत, नेपाल एसबिआई बैंकले व्यक्तिगतमा ५.२५ प्रतिशत र संस्थागतमा ४.२५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले व्यक्तिगतमा ५.१३ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् । भदौ महिनाका लागि कृषि विकास, सानिमा, कुमारी, सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साउनको तुलनामा ब्याजदर घटाएका हुन् ।

यी बाहेकका ११ बैंकको ब्याजदर भने यथावत छ । भदौ महिनाका लागि पनि माछापुच्छ्रे, प्राइम, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ६–६ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागत तर्फ भने क्रमशः ४ प्रतिशत, ३.१ प्रतिशत, ४.२५ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत तोकेको छन् । गत साउनमा पनि यी बैंकहरुले व्यक्तिगत र संस्थागत दुवै तर्फ सोही ब्याज प्रदान गरेका थिए ।

यता, राष्ट्रिय वाणिज्य बैंक, नबिल र सिटिजन्स बैंकले पनि व्यक्तिगतमा समान ५.५ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागत तफ भने क्रमशः ४ प्रतिशत, ४.०५ प्रतिशत र ३ प्रतिशत ब्याज दिने भएका हुन् ।

यस्तै, भदौका लागि नेपाल बैंकले व्यक्तिगत तर्फ ५.४ प्रतिशत र संस्थागतमा ३.७५ प्रतिशत तोकेको छ । यता, एनआइसी एशियाले पनि व्यक्तिगत मुद्दति निक्षेपमा ६.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत ब्याज तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्