बैंकहरुले एकै वर्ष उठाए झन्डै २ खर्ब ब्याज : ग्लोबल र नबिलका ऋणीले बुझाए धेरै, कुनको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंकहरुले एकै वर्ष उठाए झन्डै २ खर्ब ब्याज : ग्लोबल र नबिलका ऋणीले बुझाए धेरै, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले एकै वर्ष झन्डै २ खर्ब ब्याज उठाएका छन् । हाल संचालनमा रहेका २० वटै बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०१–२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ९० अर्ब ६३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यद्यपि, यो अघिल्लो आवको तुलनामा भने १.०८ प्रतिशत कमी हो । जबकि, अघिल्लो वर्षमा पनि बैंकहरुले १ खर्ब ९२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

अधिकांश बैंकहरुको यस्तो आम्दानी बढेको छ । संचालनमा रहेका मध्ये आठ बैंकको ब्याज आम्दानी घटेको देखिन्छ । बाँकी सबै बैंकले बढाएका छन् ।

गत वर्ष पनि सबैभन्दा धेरै ब्याज उठाउनेमा ग्लोबल आइएमई र नबिल बैंक नै शीर्ष सूचीमा छ ।

गत वर्ष सर्वाधिक ब्याज आम्दानी ग्लोबल आइएमईले गरेको छ । बैंकले १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको हो । यद्यपि, यो अघिल्लो आवको तुलनामा भने झिनो (०.८५ प्रतिशत) कमी हो । यता, नबिल बैंकले पनि १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकि, अघिल्लो वर्ष पनि बैंकको यस्तो आम्दानी १६ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।

नाफामा निकै सुधार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि गत वर्ष १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, कुमारी बैंकले पनि यस्तो आम्दनी ६.९५ प्रतिशत बढाएर ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, लक्ष्मी सनराइजले पनि गत वर्ष ११ अर्ब ३७ करोड ६३ लाख, हिमालयन बैंकले १० अर्ब ४५ करोड ६६ लाख, एनआइसी एशियाले १० अर्ब २५ करोड, नेपाल बैंकले १० अर्ब ८ करोड ७१ लाख र राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यी बाहेकका बैंकहरुको खुद ब्याज आम्दानी १० अर्ब भन्दा कम छ ।

खुद ब्याज आम्दानी बढाउनेको पहिलो सूचीमा एभरेष्ट बैंक छ । बैंकले यस्तो आम्दानी १९.३६ प्रतिशत बढाएर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो सूचीमा रहेको नेपाल बैंकले पनि १६.८२ प्रतिशत बढाएको छ ।

गत वर्ष माछापुच्छ्रेको ब्याज आम्दानी १५.४१ प्रतिशत, प्राइमको ११.९२ प्रतिशत, सिटिजन्सको ११.२० प्रतिशत, एनएमबिको ११.१४ प्रतिशत बढेको छ ।तर, प्रभू, स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास लगायतका ८ वटा बैंकको यस्तो आम्दानी घटेको देखिन्छ ।

कसले कति उठाए ब्याज ?


प्रतिक्रिया दिनुहोस्