शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर भदौ १९ बाट बिक्री खुला हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर भदौ १९ बाट बिक्री खुला हुने



काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न लागेको हो।

यसअनुसार, लगानीकर्ताले अहिले रहेको प्रत्येक १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुनेछ।

यस हकप्रद निष्कासनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको छ। तसर्थ, साउन १५ गतेसम्म नेप्सेमा शेयर खरिद गरी कायम शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्