दोर्दी खोला जलविद्युत कम्पनी सचिव र परिपालन अधिकृतको जिम्मेवारी हेरफेर
काठमडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिव र परिपालन अधिकृतको जिम्मेवारी हेरफेर भएको छ ।
हाल यस्तो जिम्मेवारीमा निरज कुमार चौधरी नियुक्त भएका छन् ।
कम्पनीले गत शुक्रबार अर्थात साउन ३० गते बसेको संचालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव तथा परिपालन अधिकृतको पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।












