गज्जबको पिरो चाउचाउ अब नयाँ १२० ग्रामको प्याकेटमा, मूल्य ५० रुपैयाँ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गज्जबको पिरो चाउचाउ अब नयाँ १२० ग्रामको प्याकेटमा, मूल्य ५० रुपैयाँ



काठमाडौं । गज्जबको पिरो चाउचाउ अब १२० ग्रामकाे प्याकेटमा आएको छ ।

हालसम्म २० रुपैयाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको गज्जबको पिरो चाउचाउ उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट, १२० ग्रामको प्याक ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले जनाएकाे छ ।

यस नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी छ भन्ने कम्पनी श्रोतको दाबी छ ।

बिगत लामो समयदेखि आफ्ना विभिन्न ब्राण्डका उत्कृष्ट चाउचाउ उत्पादन मार्फत् नेपाली तथा विदेशी बजारका उपभोक्तामाझ सेवा पु¥याउँदै आएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको सर्वाधिक लोकप्रिय उत्पादन मध्य गज्जबको पिरो चाउचाउ एक हो ।

उपभोक्ताहरूबीच अत्याधिक रुचाईएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ ।


प्रतिक्रिया दिनुहोस्