नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले साउन ६ गतेदेखि निष्काशन र बिक्री खुला गरेको हकप्रद शेयरमा भदौ २ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

इन्स्योरेन्स कम्पनीले आफ्नो हालको चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यसका अनुसार, कम्पनीले १० कित्ता शेयरमा ३.४७८३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने व्यवस्था गरेको छ।

यस हकप्रद शेयर निष्काशनबाट कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँको १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर जारी गरेको छ।

हकप्रद शेयर निष्काशनको लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। यसका आधारमा, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको वर्तमान चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन र बाँडफाँटपछि, इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्