२ आश्विन २०८३, शुक्रबार

सांग्रिला बैंकद्वारा संरक्षकको निधनपछि बालिकालाई ३ लाखको बिमा रकम हस्तान्तरण



काठमाडाें । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ ।

पोखरास्थित तालकोट शाखामा सृष्टि त्रिपाठी नाम बालिकाले सुरक्षित बाल बचत खाता खोलेकी थिइन्। खाता खोल्दा संरक्षक राएिका उनका दाजु सागर त्रिपाठीको दुर्घटनामा परी निधन भएपछि बैंकले यो बिमा रकम उपलब्ध गराएको हो।

शाखा प्रबन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। यो रकम सृष्टि १८ वर्ष पूरा भएपछि झिक्न पाउने गरी हाल मुद्दती खातामा जम्मा गरिएको बैंकले जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बिमावापत तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रावधान राखेको छ।