भोलिदेखि सुरु हुने नाडा अटो शो २०२५ को तयारी अन्तिम चरणमा (फोटोफिचर)
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो २०२५’को तयारी अन्तिम चरणमा पुगेको छ। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने १७औं संस्करणको यो अटो शो भाेली (मंगलबार) देखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु हुँदैछ।
‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुन लागेको यसपटकको अटो शोलाई अझ आकर्षक र विशेष बनाउन विभिन्न नवीनतम प्रविधि र नयाँ मोडेलहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस संस्करणको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।
आयोजकका अनुसार प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी साधन ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूका साथै अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण र ३५ वटा वित्तीय तथा बीमा सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ।
यसैगरी, यसपटकका सहभागी कम्पनीहरूले इलेक्ट्रिक सवारी साधन ९ईभी० र स्मार्ट प्रविधि समावेश भएका नयाँ मोडेलहरू प्रदर्शन गर्नेछन्। गाडी व्यवसायीहरूले यो अटो शोलाई नेपाली अटो बजारका लागि नयाँ सम्भावना र प्रविधिको प्रदर्शन स्थलका रूपमा लिएको बताउँदै आएका छन्।


















नाडा अटो शोले हरेक वर्षजस्तै यसपटक पनि अटोप्रेमी, व्यवसायी र ग्राहकबीच प्रत्यक्ष संवाद र अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ।













