५ हजार कित्तासम्म भर्न पाइने आइपीओ छुट्ला है, आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ हजार कित्तासम्म भर्न पाइने आइपीओ छुट्ला है, आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले साउन ३० गतेदेखि लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शसयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेपछि अब सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्