एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । आज एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने अन्तिम मौका रहेको छ ।

गत साउन ३० गतेदेखि नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको उक्त एनआई ३१ को इकाई खरिदका लागि आजसम्म आवेदन दिनुपर्नेछ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा इकाई बिक्री खुला गरेको हो । क्यापिटलले १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको इकाईको १५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरेको छ । बाँकी १ करोड १२ लाख इकाई सर्वसाधरणका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलका अनुसार उक्त फन्डमा न्यूनतम १०० इकाईका लागि र अधिकतममा २५ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्